लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
कपिलवस्तु

        Loading...
nepal

उद्योग प्रकार

औधोगिक व्यवसाय ऐनले उद्योगलाई घरेलु उद्योग , साना उद्योग , मझौला उद्योग र ठूला उद्योगको रुपमा स्थापना गर्न पाउने गरी देहाय बमोजिम उद्योगको प्रकार  निर्धारण गरेको छ :


घरेलु उद्योग
साना उद्योग मझौला उद्योग ठूला उद्योग
 

ऐनको दफा ४ संग सम्बन्धित ऐनको अनुसूची १ अनुसार देहाय बमोजिमका उद्योगहरुलाई घरेलु उद्योग भनि परिभाषित गरिएको छ ।
" श्रममूलक , देशको परम्परा , कला र संस्कृतिसंग सम्बद्ध खास शीप वा स्थानीय कच्चा पदार्थ र साधन परिचालन गर्ने परम्परागत किसिमका चुरोट , विडी , सिगार , खाने सर्ूर्ती , खैनी र सर्ूर्ति मुख्य कच्चा पदार्थ हुने यस्तै प्रकारका अन्य वस्तु उत्पादन गर्ने उद्योग , मदिरा वा वियर उत्पादन गर्ने उद्योग बाहेक हाते तान , खुट्टे तान , अर्ध स्वचालित तान , वार्पिङ रङ्गाइ र छपाई , सिलाई - तयारी पोशाक बाहेक ), बुनाई , राडी , पाखी , ऊनी गलैंचा , पश्मिना , ऊनी पोशाक , सिकर्मी कार्य , काठका कलात्मक वस्तु उत्पादन , बाँस बेत र निगालो सम्बन्धी काम , प्राकृतिक रेशाबाट वस्तु उत्पादन , हाते कागज र त्यसबाट बनेको वस्तु , सुन , चाँदी , पित्तल , तामा , किमती तथा अर्ध किमती पत्थर लगायतका फिलीगिरी सामान , गहना , मुर्ती , भाँडा आदि बनाउने कार्य , मह , च्यूरी , अलैंची प्रशोधन , माटो , चिनियाँ माटोबाट भाँडा बनाउने कार्य , छाला काट्ने , सुकाउने ग्रामीण ट्यानिङ र छालाका वस्तु उत्पादन गर्ने कार्य , सनपाट , बावियो , चोया , सूति धागो आदिका सामान उत्पादन , हाड सिङका कलात्मक सामान उत्पादन , ढुङ्गामा कुँदी बनाइएका सामान , चित्रकला , पौवा , बाटिक , धूप , पुतली , खेलौना उद्योगहरु र दुई लाख रुपैयाँसम्म स्थिर जेथा भएका कुटीर उद्योग "

१. विशेष रुपमा उल्लेख गरेकोमा बाहेक माथिका उद्योगहरुमा सञ्चालित मेशिनले कूल पाँच किलोवाटभन्दा बढी विद्युत् मोटर वा डिजल वा पेट्रोल वा क्रुडआयल इन्जिन शक्ति प्रयोग गरेको हुनु हुँदैन । यस पर्रिपेक्षमा पावरलूम घरेलु उद्योग अर्न्तर्गत पर्दैन ।

२.मेशिनबाट ऊनी धागो कात्ने तथा मेशिनबाट ऊनी गलैंचा उत्पादन गर्ने उद्योगहरुको स्थापनार्थ अनुमति लिनु पर्नेछ ।

३. तर औद्योगिक प्रबर्दन वोर्डको मिति ०५७।२।२६ मा वसेको १५४ औं वैठकको निणय नं . २ मा " मेशिनवाट उनी धागो उत्पादन गर्ने उद्योग स्थापना गर्न इजाजत प्रदान गर्नेसम्वन्धि प्रस्तावमा छलफल हुंदा यस्ता उद्योगहरुवाट नेपालको गलैंचा उद्योगहरुमा पर्न सक्ने नकारात्मक प्रभाव समेतलाई दृष्टिगत गरी नयां इजाजत प्रदान नगर्ने नीति लिने " निणय भएको छ ।

४. चुरोट , विडी , सिगार , खाने सुर्ति , खैनी र सुर्ती मुख्य कच्चा पदार्थ हुने यस्तै प्रकारका अन्य वस्तु उत्पादन गर्ने उद्योग , मदिरा वा वियर उत्पादन गर्ने उद्योगको स्थिर जेथा दुइ लाख रुपैया मात्र भए पनि कुटिर उद्योग अर्न्तर्गत पर्ने छैनन् ।

५. घरेलु उद्योगमा वर्गिकृत उद्योगले ५ कि . वा . भन्दा बढी विद्युत शक्ति प्रयोग गरेमा पूंजीको आधारमा साना / मझौला / ठूला उद्योगको वर्गमा दर्ता गर्न सकिने । 

१. ऐनको दफा ५ अनुसार तीन करोड रुपैयाँसम्म स्थिर जेथा भएको उद्योग ।  १. ऐनको दफा ६ अनुसार तीन करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयासम्म स्थिर जेथा भएको उद्योग ।  १. ऐनको दफा ७ अनुसार दश करोड रुपैयाँभन्दा बढीको स्थिर जेथा भएको उद्योग ।