लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
कपिलवस्तु

        Loading...
nepal

उदेश्य

उदेश्यहरु 

यस उद्योग , पर्यटन, वन तथा वातावरण  मन्त्रालयले विभिन्न प्रकारका डिजिटल मिडिया र इलेक्ट्रोनिक टेक्स्टहरुको सृजना गर्ने, व्यवस्थापन गर्ने, सम्पादन गर्ने, खोज एवम प्रकाशित गर्ने काम अघि बढाएको छ। विभिन्न किसिमका सुचनाहरुको व्यवस्थापन गर्दछ।नेटवर्क, इन्टरनेट वा कम्प्युटरमा “स्थानीय रुपमा” चलाउनका लागि सिधै सेटअप गर्न सकिन्छ। सरकारी सुचना, तथ्य, तथ्यांक एवंम अन्य जानकारीहरु एकद्वार प्रणालीबाट उपलब्ध गराउने, प्रदेश सरकार र सरकारी निकायका सार्वजानिक सुचनाहरु लाइ  विधुतिय अभिलेखन र भण्डारण गर्नुको साथसाथै नागरिक हरुको सो सुचनासम्म सहज पहुँचका लागि आवश्यक डाटावेस र वेवसाइट निर्माण गर्ने भन्नेबारे एकत्रित जानकारी उपलब्ध गराउने उद्देश्य रहेको छ​​​​​​।

१. स्वदेशी श्रम सिप र श्रोतको उपयोग गरी लघु, घरेलु तथा साना उद्योगको विकास गर्नु ,

२.दिगो औद्योगिक विकासको लागि आवश्यक कार्यहरु गर्नु, 

३. लघु, घरेलु तथा साना उद्योगको विकास , विस्तार ,संरक्षण गर्नु,

४. प्रदेश सरकार (मन्त्रिपरिषद्) का निर्णयहरुलाई तथ्यपरक एवम् नतिजामूलक वनाउनु,

५. प्रदेश सरकारका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नु, गराउनु,

६. प्रदेशको उद्योग , पर्यटन, वन तथा वातावरण लाई बनाउनुका साथै प्रदेशका संरचना र जनशक्तिको व्यवस्थित परिचालन गरी सेवा प्रवाहलाई प्रभावकारी वनाउनु,

७.प्रदेशको समृद्धिका निमित्त बढी प्रतिफलदायी विकास नीति, योजना, कार्यक्रम र आयोजना तर्जुमा हुने वातावरण सिर्जना गर्नु,

८. प्रदेशको समृद्धिका निमित्त बढी प्रतिफलदायी विकास नीति, योजना, कार्यक्रम र आयोजना तर्जुमा हुने वातावरण सिर्जना गर्नु,

९. विकास निर्माण कार्यलाई समन्वयात्मक रुपमा र अनुगमन तथा मूल्याङ्कन प्रणालीको प्रभावकारीतामार्फत नतिजामूलक वनाउनु,

१०. उद्योग , पर्यटन, वन तथा वातावरण मन्त्रालयका नीति, निर्णय प्रक्रियालाई आवश्यक सूचना तथा तथ्याङ्क व्यवस्थित रुपमा उपलब्ध गराइनेछ,

११. विद्युतीय शासन प्रणालीको विकास एवम् विस्तार गर्नु,

१२. जनआकांक्षा र जनगुनासो व्यवस्थापन प्रणालीको विकास गर्नु,